Pest & Disease

Onion

Common diseases & pests of onion in Nepal. Click any card to read the symptoms and recommended management.

17 diseases
बैजनी धव्बा (Purple Blotch)

बैजनी धव्बा (Purple Blotch)

यो रोगलाई अल्टरनेरीया ब्लाईट पनि भनिन्छ ।पात र डाँठहरुमा आँखाको आकारको लक्षण देखापर्दछ । शुरुमा पातको टुप्पामा मसिना …

View management
प्याजको कालो पोक ( Onion Smut )

प्याजको कालो पोक ( Onion Smut )

सामान्यतया ३०० से. तापक्रमभन्दा कम तापक्रममा यो रोग लाग्दछ र १०–१५० से. मा रोगको प्रकोप बढी हुन्छ । …

View management
फेंद सडन  (Basal Rot or Pink Rot)

फेंद सडन (Basal Rot or Pink Rot)

शुरुमा पातहरु पहेलिदै जाने र विरुवा वढ्न नसक्ने हुन्छ र पछि पातको टुप्पावाट सुक्दै जान्छ । रोगको आक्रमणको …

View management
शीते ढुसी रोग (Downy Mildew)

शीते ढुसी रोग (Downy Mildew)

यो रोग लागेका पुराना पातहरुको सतहमा कैला सेतादेखि बैजनी रङ्गको ढुँसी बिकास हुन्छ । खेतबारीमा रोगले ग्रस्त अलि …

View management
स्टेमफाइलियम डढुवा

स्टेमफाइलियम डढुवा

शुरुको अवस्थामा पात तथा पातको सीथमा साना हल्का पहेला देखि खैरा रंग र पानीले भिजेजस्ता धव्वा हुने ती …

View management
कालो ढुँसी (Black Mould)

कालो ढुँसी (Black Mould)

प्याजको भण्डारणमा लाग्ने एक महत्वपूर्ण रोग हो । यसले प्याजको बजार मूल्य घटाउँदछ । यो ढुँसी साधारणतया खेतबारीमा …

View management
कोत्रे रोग

कोत्रे रोग

पातमा शुरुमा पानीले भिजेको हल्का पहेंलो दाग देखिन्छ जुन पछि गएर पातलाई ढाक्नेगरी लम्बिएर फैंलिन्छ । रोगग्रस्त पात …

View management
खैरो सडन

खैरो सडन

प्याजको भण्डारणमा लाग्ने धेरै खतरनाक रोग हो । यसको संक्रमण मुख्य गरेर घाउ चोटपटकबाट हुन्छ । गानाको घाँटीबाट …

View management
सेतो सडन

सेतो सडन

यो रोग लागेमा पातको टुप्पातिरबाट पहेंलिदै र टुप्पा सुक्दै जान्छ । रोगग्रस्त गानाको फेंदनिर कहिलेकाही सेतो ढुँसी विकास …

View management
घाँटी सडन

घाँटी सडन

यो रोग खेतबारीबाट शुरु भई भण्डारणमा गएर लक्षण देखा पर्दछ । प्याजको स्केल नरम हुन्छ र पानीले भिजेको …

View management
नीलो ढुँसी

नीलो ढुँसी

प्याजको भण्डारणमा लाग्ने रोग हो । गानामा हल्का पहेंलो, पानी जस्तो दाग जुन पछिगएर अलि निलो हरियो ढुसीको …

View management
सेतो टुप्पा

सेतो टुप्पा

बर्तमान समयमा यो रोग बढी समस्यामूलक देखिएको छ । पातमा साना हल्का रंगको दागहरु देखिन्छ । ती दागहरु …

View management
गीले सडन

गीले सडन

बढी नाइट्रोजन मलको प्रयोग र राम्ररी क्यूरिंग नगरिएको भण्डारणमा राखिएको प्याजमा यो रोग लाग्दछ । गानाको घाँटीबाट यो …

View management
Iris Spot Virus

Iris Spot Virus

यो रोग प्याज र गोलभेंडामा स्पटेट ओइलाउने भाइरसबाट ९त्यmबतय क्उयततभम ध्ष्ति ख्ष्चगक० लाग्दछ । यसको बिशेष लक्षण पूmलको …

View management
पहेंलो पुड्के भाईरस

पहेंलो पुड्के भाईरस

यो रोग लागेका प्याजका बिरुवाहरुको बृद्धि रोकिन्छ । बिरुवाहरु होंचा र पुड्का हुन्छन्, फूल फुल्ने डाँठ बटारिएका हुन्छन्, …

View management
डाँठमा लाग्ने जुका

डाँठमा लाग्ने जुका

उम्रिरहेको कलिला तन्तुहरुमा जुकाको लार्भाले माटो मुनिबाट आक्रमण गर्दछ र पछि बिरुवाको बिभिन्न भागमा पुग्दछ । कलिला बिरुवाको …

View management
जरामा लाग्ने जुका

जरामा लाग्ने जुका

बिश्वभरी नै यो जुकाको समस्या रहेको छ र यसको आश्रय बिरुवा ९ज्यकत उबिलतक० थुप्रै हुन्छन् । यसले सिधै …

View management

बैजनी धव्बा (Purple Blotch)

यो रोगलाई अल्टरनेरीया ब्लाईट पनि भनिन्छ ।पात र डाँठहरुमा आँखाको आकारको लक्षण देखापर्दछ । शुरुमा पातको टुप्पामा मसिना हल्का सेता, अलि दबेको थोप्लाहरु देखा पर्दछन् र बिस्तारै ठूला धब्बाहरु बन्दछ जुन पातहरुमा, पूmल र पूmलका अन्य भागहरुमा बैजनी रंगको रुपमा देखा पर्दछन् । धब्बाको किनारहरु अलि रातो हुन्छ र जसलाई चारैतिरबाट पहेंलो आभाले ढाकेको हुन्छ । पछि बढ्दै गएर ठूला बैजनी रंगका मरेका धब्बाहरु बन्दछ र डाँठहरु भाँचिन्छन् । बढी तापक्रम र बढी सापेक्षिक आद्रता हुने ठाउँमा यो रोगको प्रकोप बढी हुन्छ ।

ब्यवस्थापन

३ वर्षसम्म घुम्तीबाली अपनाउने । बाली चक्रमा गानो बालीको सट्टा अन्य बाली कोसे वा काउली बाली लगाउने । खेतबारी सफा सुघ्घर राख्ने, घाँसपात र बालीका अवशेषहरु एकत्रित गरि नष्ट गर्ने । रोगको सामान्य लक्षण देखिनासाथ म्यान्कोजेब ७५ डब्लु.पी.(म्ः–द्धछ) २ ग्राम वा कार्वेन्डाजिम ५० डब्लु.पी (बेभिष्टीन) २ ग्राम प्रति लिटर वा डाइफेनाकोनाजोल २.५% भ्ऋ १ मि.लि. प्रति लि. पानीमा मिसाएर १५ दिनको अन्तरालमा छर्ने स्टिकर जस्तै ट्रिटन अथवा इन्ड्ट्रन अथवा सान्डोभिट ०.०६% बिषादिसंग मिसाएर छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

प्याजको कालो पोक ( Onion Smut )

सामान्यतया ३०० से. तापक्रमभन्दा कम तापक्रममा यो रोग लाग्दछ र १०–१५० से. मा रोगको प्रकोप बढी हुन्छ । बिरुवाको पात र गानामा स–साना कालो ढुँसीहरुको समूहले ढाकेको दागहरु देखा पर्दछन् । प्याजको पत्रहरुको फेंदनिर धेरै फोकाहरु देखा पर्दछन् र फोकाहरु फुट्न जाँदा स्पोरका काला समूह बाहिर देखा पर्दछन् । यो रोगले आक्रमण गरेका बिरुवाहरु बिरुवा रोपेको ३–५ हप्तामा नष्ट हुन्छन् । यो ढुँसीका स्पोरहरु धेरै बर्षसम्म माटोेमा रहिरहन्छन् ।

ब्यवस्थापन

खेतबारीलाई सफा सुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । घुम्ती बालीहरु लगाउने । यो रोग संक्रमण भएको ठाउँमा प्याजको समूहको बालीहरु नलगाउने । खनजोत र झारपातहरु निकाल्दा प्याजको बिरुवामा घाउचोट नलगाउने । २–३ ग्राम प्रति के.जी. बीउका दरले थीराम ७५ डब्लु.पी.(सूर्यथीराम, की–राम) अथवा क्याप्टान ५० डब्लु.पी.(क्याप्टान) ले बीउ उपचार गर्ने । टेबुकोनाजोल २% डी.एस. १ ग्राम प्रति के.जी.का दरले बीउको उपचार ।

फेंद सडन (Basal Rot or Pink Rot)

शुरुमा पातहरु पहेलिदै जाने र विरुवा वढ्न नसक्ने हुन्छ र पछि पातको टुप्पावाट सुक्दै जान्छ । रोगको आक्रमणको शुरुको अवस्थामा गानाको तलतिरको भाग र जराहरु गुलावी खैरो रंगको हुने । रोगको आक्रमण धेरै भएको अवस्थामा गानाको तलको भागवाट कुहिने र अन्तमा पुरै वोट मर्ने हुन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् । रोगग्रस्त गानाको फेंदनिर कहिलेकाही सेतो ढुँसी विकास भएको देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिकापर्दै खैरो हुन लागेको देखिन्छ । यो रोग लागेमा पातको टुप्पा पहेंलिदै पछिगएर पुरै पात सुख्दै जान्छ । यो लक्षण पुराना बाहिरका पातहरुबाट शुरु हुन्छ र रोगग्रस्त बोटहरु बढ्न सक्दैनन् । यस्ता रोगी बोटहरु सजिलै उखेल्न सकिन्छ । रोगग्रस्त जरा तथा गानो गुलाबी खैरो रंगको हुन्छ र गानोको फेंदनिर कहिलेकाही सेतो÷गुलावी रंगको ढुसी विकास भएको देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिकापर्दै खैरो हुन लागेको देखिन्छ । ढुसीको बृद्धि हुँदै जाँदा गानोको गिलो सडन भई नराम्रो गन्ध आउने हुन्छ । पछिल्लो अवस्थामा मात्र यो रोग लागेमा बारीमा रोगको लक्षण नदेखिई गानो भण्डारण गर्ने बेलामा मात्र लक्षण देखिन्छ जसमा प्याजको आधार प्लेटमा सुख्खा सडन देख्न सकिन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् ।

ब्यवस्थापन

न्यूनतम ५ बर्षको लागि घुम्ती बाली अपनाउने । बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । बीउ छर्नुभन्दा पहिले थीराम ७५ डब्लु.पी.(सूर्यथीराम, की–राम) २.५ ग्राम प्रति के.जी.का दरले बीउ उपचार गर्ने । जग्गा तयारी गर्दा प्रति १०० किलो कम्पोष्ट वा प्राङ्गारिक मलमा २.५ किलो ट्राइकोडर्मा मिसाएर कम्तिमा १५ दिनसम्म राखेर तयार गरेको मल माटोमा मिसाउने । खेतमा रोगको लक्षण देखिनासाथ कार्वेन्डाजिम ५० डब्लु.पी.(बेभिस्टीन) २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८% र मेन्कोजेव ६४% (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रति लिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

शीते ढुसी रोग (Downy Mildew)

यो रोग लागेका पुराना पातहरुको सतहमा कैला सेतादेखि बैजनी रङ्गको ढुँसी बिकास हुन्छ । खेतबारीमा रोगले ग्रस्त अलि पहेंलिएको बिरुवाकोे थुप्रो देखिन्छ । यो रोगको प्रकोप उच्च आद्रता हुने ठाउँमा बढी हुन्छ । यो हावाको माध्यबाट यत्रतत्र फैलनुका साथैै बीउबाट पनि सर्दछ ।

ब्यवस्थापन

रोगरहित बीउ, सेट र गानाको प्रयोग गर्ने । ३ बर्षको लागि प्याज समूह बाहेकका बालीसंग घुम्ती बाली अपनाउने । बगंैचालाई सफासुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । नजिकमा रहेका प्याज समूहका अन्य बिरुवा हटाई सफा सुघ्घर राख्नुपर्दछ । यो रोग नियन्त्रणको लागि म्यान्कोजेव ७५% डब्लु.पि.(डाइथेन एम ४५) वा जिनेव (इन्डोफिल जेड–७८, अल जेड–७८)२ ०.२% वा डाइमेथोमर्फ ५० डब्लु.पि.१.५ ग्राम प्रति लि. पानीमा हप्ता दिनको अन्तरालमा ३ देखि ४ पटक ७ देखि दस दिनको अन्तरालमा छर्ने । बिषादि छर्दा ०.०६% स्टीकर जस्तै ट्रिटन् अथवा इन्डट्रन अथवा सान्डोभिट मिसाएर छरेमा बढी प्रभावकारी हुन्छ । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

स्टेमफाइलियम डढुवा

शुरुको अवस्थामा पात तथा पातको सीथमा साना हल्का पहेला देखि खैरा रंग र पानीले भिजेजस्ता धव्वा हुने ती धव्वाहरु पछि जोडिएपछि डढेको रुप लिने हुन्छ । धव्वाको वीचमा पहेलो खैरो हुदै अन्तमा कालो हुन्छ । साना काला पीनको टाउको जस्ता उठेका भाग पनि देखिन सक्छ । कहिले काही एगचउभि दयितअज संग झुकिन पनि सक्छ । लामो समयसम्म पातमा चिस्यान (वर्षा, तुषारो हुस्सु वा स्प्रिकलर सिचाई) भएमा रोग वढ्न सक्छ । ढुँसीले प्रायःगरी बिरुवाको मरेका, मर्दै गरेका तन्तुहरु जस्तै बैजनी धब्बा रोगले ग्रस्त, डाउनी मिल्ड्यूले ग्रस्त धब्बा र क्षति भएको भाग जस्तै थ्रिप्स लागेको ठाउँमा आक्रमण गर्दछ । यो रोग प्रायःगरेर फाल्गुण–चैत्रमा देखापर्दछ । यो रोगले पातको बीच भागमा साना पहेंलोदेखि सुन्तले रंगका धव्वाहरु बनाउँछ जुन पछि गएर लामो धर्काहरुमा परिणत हुन्छन् । ढुँसीको बिजानु ९क्उयचभक० बढ्दै जाँदा धब्बा गाढा खैरोदेखि कालो रंगको देखिन्छ ।

ब्यवस्थापन

खेतबारीलाई सफासुघ्घर राख्ने, बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । रोगलागेको देख्नासाथ ढुँसीनाशक बिषादीहरु जस्तै म्यानकोजेव ७५ डब्लु.पी.(डाईथेन एम–४५) ०.२५% अथवा क्लोरोथालोनिल (कवच) ०.२% छर्ने । कीरा नियन्त्रणको लागि कीटनाशक बिषादी जस्तै डेल्टामेथ्रिन २.८ इ.सी. (डेसिस) ०.१% छर्नु पर्दछ । बिषादिहरु छर्दा स्टीकर जस्तै ट्रिटन अथवा इन्ड्ट्रन अथवा सान्डोभिट ०.०६% बिषादिसंग मिसाएर छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

कालो ढुँसी (Black Mould)

प्याजको भण्डारणमा लाग्ने एक महत्वपूर्ण रोग हो । यसले प्याजको बजार मूल्य घटाउँदछ । यो ढुँसी साधारणतया खेतबारीमा रहिरहन्छन् तर यसको असर भण्डारणमा पर्दछ । गरम तापक्रम (३०–४५० से.) र बढी आद्रता भएको ठाउँमा प्याजका गानामा कालो ढुँसीको धुलोहरु देखिन्छन् जसले गानाहरु सडाउँछ ।

ब्यवस्थापन

प्याजलाई राम्रोसंग क्यूरिङ्ग गरेर अर्थात् राम्रोसंग सुकाएर मात्रै भण्डारण गर्नुपर्दछ । प्याजलाई ओसार पसार गर्दा जतनसंग गर्नुपर्दछ । भण्डारणमा हावा खेल्नको लागि भेन्टिलेसनको ब्यवस्था गर्नुपर्दछ । बढी तापक्रम र आद्रता हुन दिनु हुँदैन ।

कोत्रे रोग

पातमा शुरुमा पानीले भिजेको हल्का पहेंलो दाग देखिन्छ जुन पछि गएर पातलाई ढाक्नेगरी लम्बिएर फैंलिन्छ । रोगग्रस्त पात खुम्चिन्छ र खस्दछ ।

ब्यवस्थापन

खेतबारीलाई सफा सुघ्घर राख्नुपर्दछ र बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । यो रोग नियन्त्रणको लागि ०.२% म्यान्कोजेव ७५% डब्लु.पि.(डाइथेन एम ४५) वा ०.१% कार्वेन्डाजिम ५० डब्लु.पि.(बेभिष्टीन) १५ दिनको अन्तरालमा २–३ पटक प्रत्येक हप्ता छर्ने । बिषादि छर्दा ०.०६% स्टीकर जस्तै ट्रिटन् अथवा इन्ड्ट्रन अथवा सान्डोभिट मिसाएर छरेमा बढी प्रभावकारी हुन्छ । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

खैरो सडन

प्याजको भण्डारणमा लाग्ने धेरै खतरनाक रोग हो । यसको संक्रमण मुख्य गरेर घाउ चोटपटकबाट हुन्छ । गानाको घाँटीबाट सड्न शुरु हुन्छ र पछि गानालाई थिच्दा नराम्रो दुर्गन्छ आउँदछ ।

ब्यवस्थापन

भण्डारण गर्नु अगाडि प्याज खनी सकेपछि तुरुन्तै सुकाउने र गानालाई राम्ररी क्यूरिंग गर्ने । भण्डारण गरिएको प्याजको निरीक्षण गरी रोगग्रस्त गानाहरु हटाउने ।

सेतो सडन

यो रोग लागेमा पातको टुप्पातिरबाट पहेंलिदै र टुप्पा सुक्दै जान्छ । रोगग्रस्त गानाको फेंदनिर कहिलेकाही सेतो ढुँसी विकास भएको देखिन्छ र ढुसीको बृद्धि हुँदै जाँदा क्अभिचयतष्ब बनाउँछ जुन पछिल्लो अवस्थामा तोरीको दाना जस्तै देखिन्छ । रोगग्रस्त गानालाई ठाडो गरी काटेमा भित्री तन्तुमा रंग फिका पर्दै खैरो हुन लागेको देखिन्छ । रोगका जीवाणुहरु धेरै बर्षसम्म माटोमा बाँच्न सक्दछन् ।

ब्यवस्थापन

न्यूनतम ५ बर्षको लागि घुम्ती बाली अपनाउने । बालीका अवशेषहरुलाई एकत्रित गरेर नष्ट गर्ने । बीउ छर्नुभन्दा पहिले थीराम ७५ डब्लु.पि.(सूर्यथीराम, की–राम) २.५ ग्राम प्रति के.जी.का दरले बीउ उपचार गर्ने । खेतमा रोगको लक्षण देखिनासाथ कार्वेन्डाजिम ५० डब्लु.पि.(बेभिस्टीन) २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८% र मेन्कोजेव ६४% (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रतिलिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

घाँटी सडन

यो रोग खेतबारीबाट शुरु भई भण्डारणमा गएर लक्षण देखा पर्दछ । प्याजको स्केल नरम हुन्छ र पानीले भिजेको जस्तो दाग देखिन्छ । प्रायःजसो अवस्थामा स्केलको सतहमा खैरो ढुँसीको बिकास भएको हुन्छ । यो रोग प्रायःजसो बाली खन्नु भन्दा ठिक अगाडि, बाली खन्ने बेलामा र क्यूरिंग गरेको बेलामा देखिन्छ । बढी नाइट्रोजनको प्रयोग र बेठिक समयमा सिंचाइ गरेमा यो रोगको संक्रमण बढ्दछ ।

ब्यवस्थापन

बाली खन्ने बेला आउँदै गर्दा सिंचाई कम गर्नु पर्दछ । प्याजको घाँटी राम्ररी सुखेपछि मात्र पातहरु काट्नु पर्दछ । प्याजलाई खेतबारीमा २ दिन राम्ररी र पछि भण्डारण गर्नु अगाडि छाँयामा १०–१५ दिन राम्ररी सुकाउनु पर्दछ । प्याजलाई ओसारपसार गर्दा जतनसंग गर्ने र भण्डारण राम्ररी गर्ने ।

नीलो ढुँसी

प्याजको भण्डारणमा लाग्ने रोग हो । गानामा हल्का पहेंलो, पानी जस्तो दाग जुन पछिगएर अलि निलो हरियो ढुसीको थुप्रोमा परिणत हुन्छ । प्याजको पत्रलाई काटेर हेर्दा अलि खैरो कालो पनिलो रंग विकसीत भएको देखिन्छ । रोगग्रस्त गानाहरु नरम भई गीलो सडन हुन्छ र माटोको जस्तो दुर्गन्ध आउँछ । यो ढुँसी न्यानो तथा आद्र वातावरणमा बढी फैलिन्छ ।

ब्यवस्थापन

प्याज खन्दा चोटपटक लगाउनु हुँदैन । प्याज खनीसकेपछि राम्रोसंग सुकाउनु पर्दछ ।

सेतो टुप्पा

बर्तमान समयमा यो रोग बढी समस्यामूलक देखिएको छ । पातमा साना हल्का रंगको दागहरु देखिन्छ । ती दागहरु आद्र र चिसो वातावरणमा छिटै बढ्दछ । यि दागहरु मूख्य गरेर पातको अग्र आधा भागमा हुने र प्रायःगरेर हरियो, पनिलो क्षेत्रले घेरेको हुन्छ । प्छि गएर रोगग्रस्त भाग र पातको टुप्पा मर्दछ । पातहरु तह–तह मिलेको (पार्चमेन्ट) जस्तो देखिनु र पातको टुप्पा सेतो हुनु यो रोगको बिशेष लक्षण हो । ड्डयो रोगको कारणले गाना पनि सड्दछ ।

ब्यवस्थापन

बिरुवामा माटोको छिटा पर्ने गरी सिंचाई नगर्ने । बालीचक्र अपनाउने । कार्वेन्डाजिम ५० डब्लु.पी. (बेभिस्टीन) २ २ ग्राम प्रति लिटर अथवा मेटाल्याक्सील ८ % र मेन्कोजेव ६४ % (रेडोमिल, अनुमिल, रेडोनल) १–१.५ ग्राम प्रतिलिटरको दरले ७–१० दिनको फरकमा २–३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

गीले सडन

बढी नाइट्रोजन मलको प्रयोग र राम्ररी क्यूरिंग नगरिएको भण्डारणमा राखिएको प्याजमा यो रोग लाग्दछ । गानाको घाँटीबाट यो रोग शुरु भइ प्याजको भित्रि पत्रहरुमा पुग्दछ । गाना गिलो भइ सड्दछ र नराम्रो दुर्गन्ध आउँदछ ।

ब्यवस्थापन

बढी नाइट्रोजन मलको प्रयोग नगर्ने र संतुलित मलको मात्रा मात्र प्रयोग गर्ने । प्याज खन्नु भन्दा १ महिना पहिले सिंचाई दिन बन्द गर्ने गानाहरुमा घाउ चोटपटक लगाउनु हुँदैन । गानाहरुमा २–२.५ से.मि. डाँठ छोडेर (घाँटी राखेर) मात्र माथिको भागहरु हटाउने । यसले गर्दा घाँटी कस्सिनमा मद्दत गर्दछ । भण्डारण गर्नु अगाडि प्याजको गानालाई राम्ररी क्यूरिंग गर्ने र सुकाउने ।

Iris Spot Virus

यो रोग प्याज र गोलभेंडामा स्पटेट ओइलाउने भाइरसबाट ९त्यmबतय क्उयततभम ध्ष्ति ख्ष्चगक० लाग्दछ । यसको बिशेष लक्षण पूmलको डाँठमा हल्का पहेंलो पराले रंगको, आँखा वा तासको इटा आकारको दागहरु देखा पर्दछन् । पूmलको डाँठका केहीे दागहरुमा संकेन्द्रित चक्रहरु ९ऋयलअभलतचष्अ० हरियो र पहेंलो रंग मिसिएको देखिन्छ । रोगको प्रकोप बढी भएमा दागले डाँठलाई घेर्दछ फलस्वरुप पूmलको थुँगा मर्दछ र बीउको गुणस्तर तथा बीउ उत्पादन कम हुन्छ । थ्रिप्स कीरा ९त्जचष्उक तबदबअष्०ले यो भाइरस सार्दछ ।

ब्यवस्थापन

रोगग्रस्त बोटलाई रगिङ्ग गरी समयमा हटाएर नष्ट गर्ने । भाइरस सार्ने थ्रीप्स कीरालाई डेल्टामेथ्रीन २.८% इ.सी. (डेसिस) १ मि.लि. प्रति लि. वा स्पिनोस्याड ४५% इ.सी. (ट्रेसर) १ मि.लि. प्रति ३ लिटर पानीमा मिसाई १५ दिनको अन्तरालमा छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्न जान्छ ।

पहेंलो पुड्के भाईरस

यो रोग लागेका प्याजका बिरुवाहरुको बृद्धि रोकिन्छ । बिरुवाहरु होंचा र पुड्का हुन्छन्, फूल फुल्ने डाँठ बटारिएका हुन्छन्, पातहरु पहेंला हुन्छन्, कच्याककुचुक परेका र च्याप्टा हुन्छन् र पातहरु सुकेर भाँचिन्छन् । यो रोग लाहीबाट सर्दछ र रोगग्रस्त बोटबाट उत्पादित बीउको गुणस्तर राम्रो हुँदैन ।

ब्यवस्थापन

रोगले आक्रमण भएका बिरुवाहरुलाई उखेलेर हटाई नष्ट गर्ने । भाइरस सार्ने थ्रीप्स कीरालाई डेल्टामेथ्रीन २.८% इ.सी. (डेसिस) ०.१% वा स्पिनोस्याड ४५% इ.सी. (ट्रेसर) १ मि.लि. प्रति ३ लिटर पानीमा मिसाई १५ दिनको अन्तरालमा छर्र्नेे । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।

डाँठमा लाग्ने जुका

उम्रिरहेको कलिला तन्तुहरुमा जुकाको लार्भाले माटो मुनिबाट आक्रमण गर्दछ र पछि बिरुवाको बिभिन्न भागमा पुग्दछ । कलिला बिरुवाको पातहरु बटारिन्छन् र नराम्रोसंग विकृत हुन्छन् । पछि जुकाले ग्रस्त बिरुवाहरु पुड्का हुने र निलो हुन्छ । पातहरु बाक्लो र भाँचिने हुन्छन् । जुकाले ग्रस्त गानाहरु अलि खैरो र छुँदा नरम हुन्छन् भने भित्रि पत्रहरु बाक्लो भई सेतो र नरम बनावट देखा पर्दछ । जरा सड्दछ र बिरुवा पनि सड्न थाल्दछ । जुकालेग्रस्त बिरुवाहरुले निर्दिष्ट गन्ध दिन्छ । यो जुका सुकेको प्रांगारिक पदार्थमा सुसुप्त अवस्थामा रहन्छ र कुनै सहायक ९ज्यकत० बिना माटोमा बर्षौं रहन सक्दछ ।

ब्यवस्थापन

जुकारहित माटोमा प्याजको खेती गर्ने र सफा तथा स्वस्थ बीउ बेर्नाको प्रयोग गर्ने । खेतीपाती गर्दा सफा औजारहरुको प्रयोग गर्ने । चिकोरी, गाजर, तोरी, सयपत्री र जौंहरुको बाली चक्र अपनाउने । जुकालेग्रस्त बिरुवाहरु र अवशेषहरु नष्ट गर्ने ।

जरामा लाग्ने जुका

बिश्वभरी नै यो जुकाको समस्या रहेको छ र यसको आश्रय बिरुवा ९ज्यकत उबिलतक० थुप्रै हुन्छन् । यसले सिधै क्षति पु¥याउँदछ र माटोजन्य अन्य जीवाणुहरुसंग पनि प्रतिक्रिया गर्दछ । बिरुवा ख्याउटे हुने र नयाँ आउने मसिना जराहरु बन्दैनन् । जरामा दबेका धब्बाहरु देखिन्छन् जो अनियमित आकारको र पहेंलो हुन्छ । पछि गएर गाढा बन्दछन् ।

ब्यवस्थापन

यसको आश्रय बिरुवा ९ज्यकत उबिलतक० थुप्रै भएका कारण यसको प्रभावकारी नियन्त्रण गाह्रो छ । बाँझो खेतबारीमा खेती गर्ने र केही हदसम्म तोरी, बकुल्ला, केराउ र पालुंगोको साथमा बाली चक्र अपनाउँदा जुकाको प्रकोप कम गर्न सकिन्छ । सयपत्रीले जुकाहरुको संख्या कम गर्नमा सकारात्मक असर पु¥याउँदछ । रोगग्रस्त बिरुवा तथा अवशेष हटाई नष्ट गर्ने । कारताप हाईड्रोक्लोराइड ९ऋबचतबउ जथमचयअजयिचष्मभ० १ के.जी. प्रति रोपनीको दरले खेतबारीमा प्रयोग गर्ने वा क्लोरोपाइरिफस ४% जिआर वा कार्टापहाड्रोक्लोराइड ४% जिआर प्रति रोपनी १ किलोग्राम जमिन तयारीको वेलामा राख्ने