गाँठे रोग (Club Root)
यो रोग लागेको बिरुवाको वृद्धि रोकिन्छ र बिरुवा हल्का रातो तथा बैजनी रंगको हुनजान्छ ।दिउँसो घाम लागेको वेलामा …
Common diseases & pests of cauliflower in Nepal. Click any card to read the symptoms and recommended management.
यो रोग लागेको बिरुवाको वृद्धि रोकिन्छ र बिरुवा हल्का रातो तथा बैजनी रंगको हुनजान्छ ।दिउँसो घाम लागेको वेलामा …
यो रोग बीउ र हावाबाट सर्दछ । खैरा वा काला स–साना गोलाकार थोप्लाहरु पहिला पातमा त्यसपछि डाँठ र …
नर्सरीमा प्रायः बेर्ना कुहिने रोग लाग्दछ । चित्रमा देखाए जस्तै वेर्नाहरुको फेंद र जरा कुहिन्छ जसको फलस्वरुप बेर्नाहरु …
यो रोगले परिपक्व अवस्थामा पुगेका बिरुवाहरुमा बिशेष गरी बीउ बालीमा आक्रमण गर्दछ । माटोको सतहनिर काउलीको डाँठ कुहिन्छ …
नर्सरीमा बेर्ना अवस्थामा देखिनै यो रोग लाग्दछ ।पातको माथिल्लो भागमा हल्का बैजनी रंगका अनियमित दागहरु÷धब्बाहरु देखा पर्दछन् र …
यो रोग ब्याक्टेरियाबाट लाग्दछ । पातको किनाराबाट शुरु भइ अग्रेजी ख् आकारमा पहेंलिदै र ओइलाउँदै पातको बिच भागतिर …
यो रोग लागेको बिरुवाको वृद्धि रोकिन्छ र बिरुवा हल्का रातो तथा बैजनी रंगको हुनजान्छ ।दिउँसो घाम लागेको वेलामा ओइलाउँछ, साँझपख जस्ताको त्यस्तै हुन्छ र पहेंलिदै जान्छ । बिरुवालाई उखेलेर हेरेमा जरा फुलेर गदाको जस्तो आकृति भएको देखिन्छ र नराम्रो, पिरो गन्ध आउँछ ।यो रोग अम्लीय माटोमा बढी लाग्दछ र यसको ढँुसी १४ बर्षसम्म माटोमा जिवित रहन सक्छ ।
काउली समुहको बाली बाहेकका बालीसंग घुम्ती बाली लगाउने । कम्तिमा ३–४ वर्षपछि मात्र काउली समूहका बाली लगाउने ।रोगी बिरुवाहरुलाई जलाउने वा नष्ट गर्ने । रोगग्रस्त बिरुवाको अवशेषहरु कम्पोष्ट बनाउन प्रयोग नगर्ने ।यो रोग कम पिएच भएको माटोमा लाग्ने हुँदा बिरुवा लगाउनु भन्दा करीब एक महिना अगाडि अम्लीयताको आधारमा कृषि चुन प्रयोग गरी माटोको पिएच ७.२ कायम गर्ने । नर्सरी ब्याडमा ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) ०.३ के.जी. प्रति १० वर्गमिटरको दरले छर्ने । ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) २ ग्राम प्रति लिटर पानीको दरले झोल बनाइ १०–१५ मिनेटसम्म बेर्नालाइ डुबाइ बेर्ना सार्ने र सोही झोलले बेर्ना सार्नु अगाडि बिरुवा लगाउने खाडलको माटो भिजाउने । ँगिकगउिजबmष्मभ ण्।घ५ ध्ए (नेभिजिन) २०० के.जी.प्रति हेक्टर वा ३ ग्राम प्रति बोटका दरले प्रयोग गर्ने । रोग लागेको ठाउँमा उत्पादित बेर्नाहरुलाई अन्य ठाउँमा लैजान रोक लगाउने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनु पर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।
यो रोग बीउ र हावाबाट सर्दछ । खैरा वा काला स–साना गोलाकार थोप्लाहरु पहिला पातमा त्यसपछि डाँठ र कोसामा समेत देखा पर्दछन् । पछि थोप्लाको आकार बढेर चक्काको बिकास हुन्छ । रोगले बढीग्रस्त भएमा बिरुवाको डाँठ र पातको डाँठमा सिधा गएका थोप्लाहरु देखापर्दछन् ।
रोगी पात, डाँठहरु र अन्य झारपातहरु बटुलेर जलाउने । काउली समुहको बाली बाहेकका बालीसंग घुम्ती बाली लगाउने । ३–४ वर्षपछि मात्र काउली समूहका बाली लगाउने । बेर्ना उर्मानुभन्दा पहिले बीउलाई ५०० से. तापक्रममा ३० मिनेट उपचार गर्ने । यसको निमित एउटा भाँडोमा ५०० से. तापक्रमको पानी कायम गर्ने । साथसाथै अर्को कुनै भाँडोमा उम्लिरहेको पानी (१००० से.) राख्ने । उपचार गर्नुपर्ने बीउलाई कुनै कपडामा बाँधेर वा कपडाको थैलोमा राखेर ५०० से.को पानीमा डुबाउने । यसरी बीउ डुबाउँदा पानीको तापक्रम घट्न जाने हुँदा उम्लिरहेको पानी खन्याइ ५०० से.तापक्रम कायम राख्ने । पानीको तापक्रम मापन गर्न ल्याबोरेटोरी थर्मामिटर प्रयोग गर्नु पर्दछ । उपचारित बीउलाई तुरुन्तै सामान्य तापक्रमको पानीले पखालेर चिस्याई छायाँमा ५ मिनेटसम्म सुखाउनु पर्दछ । अथवा म्यान्कोजेब ७५ डब्लु.पी (म्ः–द्धछ) २ ग्राम अथवा कार्वेन्डाजिम ५० डब्लु.पी (बेभिस्टीन) १ ग्राम वा थिराम २ ग्राम प्रति के.जी. बीउमा दरले उपचार गर्ने । म्यान्कोजेब ७५ डब्लु.पी (म्ः–द्धछ) २ ग्राम अथवा कार्वेन्डाजिम ५० डब्लु.पी. (बेभिस्टीन) १ ग्राम वा कपरअक्सीक्लोराइड ५० डब्लु.पी. (ब्लाइटक्स,अनुकप) ३ ग्राम प्रति लिटर पानीमा मिसाएर १५ दिनको अन्तरालमा २–३ पटक बिरुवामा छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनु पर्ने समयलाई ध्यान दिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।
नर्सरीमा प्रायः बेर्ना कुहिने रोग लाग्दछ । चित्रमा देखाए जस्तै वेर्नाहरुको फेंद र जरा कुहिन्छ जसको फलस्वरुप बेर्नाहरु ढल्दछन् र नष्ट हुन्छन् । यो रोग बिशेष गरेर माटोमा रहेका सुक्ष्म जीवाणु ढुँसीबाट हुने गर्दछ । बीउवाट पनि यो रोग संक्रमण हुने गर्दछ ।
नर्सरी ब्याड बनाउँदा पहिला काउली समूहका तरकारीहरु नलगाएको नयाँ ठाउँमा गर्ने । प्रत्येक बर्ष अलग अलग ठाउँमा नर्सरी बनाउने । बढी बाक्लो हुने गरी बीउ नलगाउने र नर्सरी ब्याडमा बढी पानी हुन नदिने । बेर्नालाइ कार्वेन्डाजिम ५० डव्लु.पी (बेभिस्टीन) २ ग्राम प्रति लिटर पानीको दरले बनाएको झोलमा १०–१५ मिनटसम्म डुबाएर बेर्ना सार्ने । नर्सरी ब्याडमा वा खेतबारीमा रोग देखा परेमा ट्राइकोडर्मा ५ ग्राम वा कार्वेन्डाजिम ५० डव्लु.पी (बेभिस्टीन) १ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
यो रोगले परिपक्व अवस्थामा पुगेका बिरुवाहरुमा बिशेष गरी बीउ बालीमा आक्रमण गर्दछ । माटोको सतहनिर काउलीको डाँठ कुहिन्छ र सेतो ढुँसी उम्रेको देखिन्छ, डाँठभित्र ढुसीका काला डल्लाहरु ९क्अभिचयतष्ब० हुन्छन् । काउलीमा फूल लागेको अवस्थामा पातहरु ओइलाउँछन् र डाँठहरु सेता फुस्रा देखिन्छन् ।
जमिन तयार गर्दा गहिरो खनजोत गर्ने । धानबालीसंग घुम्तीबाली लगाउने अर्थात् जमिनमा पानी जमाएर राख्ने । सफा सुघ्घर राख्ने र रोगग्रस्त बिरुवाका अवशेषहरु जम्मा गरि नष्ट गर्ने । म्यान्कोजेब ७५ डब्लु.पी (म्ः–द्धछ) अथवा कार्वेन्डाजिम ५० डब्लु.पी. (बेभिस्टीन) २ ग्राम प्रति लिटर पानीमा मिसाएर डाँठ र माटो भिज्ने गरी ७–१० दिनको फरकमा ३ पटकसम्म छिट्कने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।
नर्सरीमा बेर्ना अवस्थामा देखिनै यो रोग लाग्दछ ।पातको माथिल्लो भागमा हल्का बैजनी रंगका अनियमित दागहरु÷धब्बाहरु देखा पर्दछन् र त्यसको तलपट्टी कपास जस्तो ढुँसीको वृद्धि भएको देखिन्छ । कहिलेकाहि कोपीमा र डाँठमा पनि खैरा दागहरु देखिन्छन् ।
नर्सरीमा बाक्लो गरी बीउ नराख्ने वा बेर्ना नरोप्ने ।घुम्ती बाली लगाउने । ३–४ वर्षपछि मात्र काउली समूहका बाली लगाउने ।रोगी पातहरु, अन्य अवशेषहरु जम्मा गरेर नष्ट गर्ने ।बीउ छर्नुअघि बीउलाई कार्वेन्डाजिम ५० ध्ए (डेरोसाल÷वेभिष्टिन)) २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर ब्याड राख्ने । मेन्कोजेब ७५% ध्ए (डाइथेन एम–४५, ब्लग ः(४५) वा कपर अक्सीक्लोराइड ५०ध्ए ९द्यष्तियह, ऋगचभह० ढुँसीनाशक बिषादी २–३ ग्राम वा मेटलअग्जिल ८ ध्ए र म्यान्कोजेव ६४ (किनोसिल गोल्ड) २ देखि ३ ग्राम प्रतिलिटर पानीका दरले ७–१० दिनको फरकमा ३ पटक छर्ने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।
यो रोग ब्याक्टेरियाबाट लाग्दछ । पातको किनाराबाट शुरु भइ अग्रेजी ख् आकारमा पहेंलिदै र ओइलाउँदै पातको बिच भागतिर पुग्दछ, नसाहरु काला हुन्छन् र अन्तमा बिरुवा सड्न जान्छ ।
घुम्ती बाली लगाउने । ३–४ वर्षपछि मात्र काउली समूहका बाली लगाउने । कपरअक्सीक्लोराइड ५०%ध्ए ९द्यष्तियह, ऋगचभह० २ ग्राम प्रति लिटर पानीको दरले झोल बनाइ १० मिनेटसम्म बीउलाई सो झोलमा डुबाइ छाँयामा सुखाएर बीउ लगाउने । कुनै पनि बिषादि प्रयोग गर्दा तिनको पर्खनुपर्ने समयलाई ध्यानदिएर मात्र बाली उत्पादन लिनु पर्दछ अन्यथा बिषादिको असर उपभोक्तालाई पर्नजान्छ ।